९ आश्विन २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई स्वास्थ्य सामग्री दिन चीन तयार



अ+ अ-

चीनले स्वास्थ्य सामग्री गोन्जाओमा र भारतले औषधि नयाँ दिल्ली दूतावासमा उपलब्ध गराउने

काठमाडौं । नेपालले चीनबाट जिटुजी (सरकारबाट सरकार) माध्यमबाट स्वास्थ्य सामग्री खरिद गर्ने औषधि र स्वास्थ्य सामग्रीको टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार तीन पटक भिडियो कन्फ्ररेन्स गरेपछि चीनबाट खरिद गरेर ल्याउने औषधि र स्वास्थ्य सामग्रीको सूची टुंगो लगाएको हो । मन्त्रालय स्रोतका अनुसार चीनले स्वास्थ्य सामग्री उपलब्ध गराउने टुंगो लागेको छ । भारतले भने सामग्री भन्दा पनि औषधि उपलब्ध गराउने निधो गरिदिएको छ । नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट जीटूजी विधिमार्फत् ती सामानहरू किनेर ल्याउने छ । त्यसमा स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेका हुन् । चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ ।

चीनबाट स्वास्थ्य उपकरण लगायतका सामान र भारतबाट औषधि ल्याउने निचोड निकालिएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ल्याइने सामानहरूमा स्वास्थ्यकर्मीका निम्ति सुरक्षित पहिरन पीपीई, एन–९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन आदि छन् । कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिदको विषयलाई टुंगो लगाईदिएपछि केही दिनभित्र सामग्री नेपाल आईपुग्ने बताइएको छ । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो कन्फ्रेन्समार्फत जिटुजी माध्यमबाट खरिदको काम अन्तिम चरणमा पुगेको बताए ।

‘सरकार–सरकारबीचबाट औषधि र औषधिजन्य उपकरण ल्याउने कार्यलाई जारी राख्ने र बुधबार नै चीनबाट सरकार–सरकारबीच सामान ल्याउन परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयले चीनका निकायसँग पत्रचार गरिसकेको छ’, सचिव विंडारीले भने, ‘औषधि ल्याउने विषयमा तीन चरणको भिडियो कन्फरेन्स गरेर आवश्यकता र चाहिएको विषयका बारेमा कुरा भइरहेको छ, लागतका बारेमा पनि छलफल भइसकेको छ ।’ नेपाली सेनाले विभिन्न पक्षसँगको परामर्शमा बनाएको सूची रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेपछि टुंगो लगाइएको हो । ती सामान भारतले दिल्लीस्थित नेपाली राजदूतावासमा र चीनले गोन्जाओमा नेपाललाई हस्तान्तरण गर्ने कुरा दुवै देशका अधिकारीहरूले जानकारी गराएका छन् ।

भुक्तानी र सामान कसरी ल्याउने भन्नेबारे सरकारले थप निर्णय गर्नुपर्ने सेनाले जनाएको छ । जीटूजी गर्दा कुनै बिचौलिया वा मध्यस्थकर्ता नराख्ने नेपालको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । त्यसैअनुसार उसले आफ्नो वाणिज्य विभागकै कर्मचारीलाई नेपालको निम्ति काम गर्ने जिम्मेवारी दिएको जानकारी नेपाली अधिकारीहरूलाई चीनले गराएको छ । नेपालले दुई छिमेकीका साथै दक्षिण कोरिया, सिंगापुर र इजरेलसँग ‘जीटुजी’ विधिअनुसार सामान किन्ने प्रस्ताव गरेको थियो । नेपालले तयार पारेको सूचीका सबै सामान दुई देशबाट तत्काल आउने छैनन् । एक उच्च अधिकारीका अनुसार सुरुमा ३९६ वटा सामानको सूची तयार भएको थियो । त्यो घट्दै जाँदा १२९ थरी सामान आउने निश्चित भएको हो । त्यसैले तत्काल आवश्यक पर्ने अन्य केही सामान ल्याउनका निम्ति अरू कुनै देशको मुख ताक्नु पर्ने अवस्था देखिएको छ ।

नेपालले दुई छिमेकीसँग सामान खरिद गर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख १ गते चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका थिए । नेपाललाई चिनियाँ अधिकारीहरूले दिएको जानकारी अनुसार त्यहाँबाट स्वास्थ्य सामग्री माग गर्ने देशमा नेपाल ८१ औं नम्बरमा पर्छ । तर छिमेकी देश भएकाले चीनले नेपालले माग गरेको जति सामान अरूलाई भन्दा पहिल्यै दिन सक्ने आश्वासन दिएको बताइएको छ । यसैबीच, उच्चस्तरीय समितिले औषधिजन्य सामग्री उपकरण निजी क्षेत्रबाट आयात गर्ने सम्बन्धमा सरकारले सहजीकरण गर्ने, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट खरिद गर्ने प्रकियालाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

यस्तै, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि परीक्षणको दायरा अझ बढाउने र उपचार प्रभावकारी बनाउने निर्णय पनि भएको छ । लकडाउनलाई प्रभावकारी रूपले अझ कार्यान्वयन गर्ने भन्दै समितिले उल्लंघन गर्नेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत् कारबाही अघि बढाउने पनि निर्णय गरेको छ । त्यस्तै, आन्तरिक हवाई उडान पनि १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय भएको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय गरिसकेको छ । सौर्य दैनिक