६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपाललाई स्वास्थ्य सामग्री दिन चीन तयार

नेपाललाई स्वास्थ्य सामग्री दिन चीन तयार
अ+ अ-

चीनले स्वास्थ्य सामग्री गोन्जाओमा र भारतले औषधि नयाँ दिल्ली दूतावासमा उपलब्ध गराउने

काठमाडौं । नेपालले चीनबाट जिटुजी (सरकारबाट सरकार) माध्यमबाट स्वास्थ्य सामग्री खरिद गर्ने औषधि र स्वास्थ्य सामग्रीको टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार तीन पटक भिडियो कन्फ्ररेन्स गरेपछि चीनबाट खरिद गरेर ल्याउने औषधि र स्वास्थ्य सामग्रीको सूची टुंगो लगाएको हो । मन्त्रालय स्रोतका अनुसार चीनले स्वास्थ्य सामग्री उपलब्ध गराउने टुंगो लागेको छ । भारतले भने सामग्री भन्दा पनि औषधि उपलब्ध गराउने निधो गरिदिएको छ । नेपाली सेनाले दुई छिमेकी देशहरू चीन र भारतबाट जीटूजी विधिमार्फत् ती सामानहरू किनेर ल्याउने छ । त्यसमा स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेका हुन् । चीनबाट ७६ थरी र भारतबाट ५३ थरीका सामग्री ल्याइने अहिलेसम्मको निर्णय छ ।

चीनबाट स्वास्थ्य उपकरण लगायतका सामान र भारतबाट औषधि ल्याउने निचोड निकालिएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार चीनबाट ल्याइने सामानहरूमा स्वास्थ्यकर्मीका निम्ति सुरक्षित पहिरन पीपीई, एन–९५ मास्क र पीसीआर जाँचको निम्ति आवश्यक रसायन आदि छन् । कोभिड– १९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले चीनबाट जिटुजी माध्यमबाट स्वास्थ्य सामग्री खरिदको विषयलाई टुंगो लगाईदिएपछि केही दिनभित्र सामग्री नेपाल आईपुग्ने बताइएको छ । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार तीन चरणमा भिडियो कन्फ्रेन्समार्फत जिटुजी माध्यमबाट खरिदको काम अन्तिम चरणमा पुगेको बताए ।

‘सरकार–सरकारबीचबाट औषधि र औषधिजन्य उपकरण ल्याउने कार्यलाई जारी राख्ने र बुधबार नै चीनबाट सरकार–सरकारबीच सामान ल्याउन परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयले चीनका निकायसँग पत्रचार गरिसकेको छ’, सचिव विंडारीले भने, ‘औषधि ल्याउने विषयमा तीन चरणको भिडियो कन्फरेन्स गरेर आवश्यकता र चाहिएको विषयका बारेमा कुरा भइरहेको छ, लागतका बारेमा पनि छलफल भइसकेको छ ।’ नेपाली सेनाले विभिन्न पक्षसँगको परामर्शमा बनाएको सूची रक्षा मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेपछि टुंगो लगाइएको हो । ती सामान भारतले दिल्लीस्थित नेपाली राजदूतावासमा र चीनले गोन्जाओमा नेपाललाई हस्तान्तरण गर्ने कुरा दुवै देशका अधिकारीहरूले जानकारी गराएका छन् ।

भुक्तानी र सामान कसरी ल्याउने भन्नेबारे सरकारले थप निर्णय गर्नुपर्ने सेनाले जनाएको छ । जीटूजी गर्दा कुनै बिचौलिया वा मध्यस्थकर्ता नराख्ने नेपालको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । त्यसैअनुसार उसले आफ्नो वाणिज्य विभागकै कर्मचारीलाई नेपालको निम्ति काम गर्ने जिम्मेवारी दिएको जानकारी नेपाली अधिकारीहरूलाई चीनले गराएको छ । नेपालले दुई छिमेकीका साथै दक्षिण कोरिया, सिंगापुर र इजरेलसँग ‘जीटुजी’ विधिअनुसार सामान किन्ने प्रस्ताव गरेको थियो । नेपालले तयार पारेको सूचीका सबै सामान दुई देशबाट तत्काल आउने छैनन् । एक उच्च अधिकारीका अनुसार सुरुमा ३९६ वटा सामानको सूची तयार भएको थियो । त्यो घट्दै जाँदा १२९ थरी सामान आउने निश्चित भएको हो । त्यसैले तत्काल आवश्यक पर्ने अन्य केही सामान ल्याउनका निम्ति अरू कुनै देशको मुख ताक्नु पर्ने अवस्था देखिएको छ ।

नेपालले दुई छिमेकीसँग सामान खरिद गर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २८ गते भारतीय प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख १ गते चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका थिए । नेपाललाई चिनियाँ अधिकारीहरूले दिएको जानकारी अनुसार त्यहाँबाट स्वास्थ्य सामग्री माग गर्ने देशमा नेपाल ८१ औं नम्बरमा पर्छ । तर छिमेकी देश भएकाले चीनले नेपालले माग गरेको जति सामान अरूलाई भन्दा पहिल्यै दिन सक्ने आश्वासन दिएको बताइएको छ । यसैबीच, उच्चस्तरीय समितिले औषधिजन्य सामग्री उपकरण निजी क्षेत्रबाट आयात गर्ने सम्बन्धमा सरकारले सहजीकरण गर्ने, स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट खरिद गर्ने प्रकियालाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

यस्तै, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि परीक्षणको दायरा अझ बढाउने र उपचार प्रभावकारी बनाउने निर्णय पनि भएको छ । लकडाउनलाई प्रभावकारी रूपले अझ कार्यान्वयन गर्ने भन्दै समितिले उल्लंघन गर्नेविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत् कारबाही अघि बढाउने पनि निर्णय गरेको छ । त्यस्तै, आन्तरिक हवाई उडान पनि १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय भएको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म नै बन्द गर्ने निर्णय गरिसकेको छ । सौर्य दैनिक