१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो



अ+ अ-

कोरानो भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन्। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ। त्यहाँ विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। वल्डोमिटरले बिहीबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ। न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ। अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्। अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ। फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ। इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्। विश्वभरमा संक्रमितमध्ये पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन्। सौर्य दैनिक