१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइन खोला पुल नजिकै पहिरो,दुईतर्फी आवागमन बन्द



अ+ अ-

काठमाडौं । मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुन: अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।

पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएो छ ।

पहिरो अवधीभर रोकिएका सवारीसाधनहरू कृपया लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहनुहुन पनि कार्यालयले अनुरोध गरेको छ ।