६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालको आर्थिक वृद्धिदर साढे २ प्रतिशत

नेपालको आर्थिक वृद्धिदर साढे २ प्रतिशत
अ+ अ-

काठमाडौं । गत माघमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ । हालै मात्र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो भने नेपालका अर्थशास्त्रीहरू भने नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने बताउँछन् । आईएमएफले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरे पनि दक्षिण एसियाली देशहरूमध्ये नेपालको आर्थिक वृद्धिदर भने तुलनात्मक रूपमा सन्तोषजनक हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले वल्र्ड इकोनोमिक आउट लुक रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२० का लागि २.५ प्रतिशत मात्र रहने र सन् २०२१ का लागि ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो । कोषका अनुसार सन् २००२ देखि ११ सम्म नेपालको आर्थिक वृद्धिदर ३ .८ थियो भने सन् २०१२ मा ४.३ थियो । यसैगरी, २०१३ मा ४.१, २०१४ मा ६ र २०१५ मा ३.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सन् २०१६ मा भुइँचालोका कारण ०.६ मा सीमित भएको थियो । सन् २०१७ मा हालसम्मकै सबैभन्दा वढी ८.२ प्रतिशत आर्थिक वृद्धि भएको थियो । त्यस्तै, सन् २०१८ मा ६.७ र गत वर्ष ७.१ प्रतिशत आर्थिक वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले उल्लेख गरेको छ ।

कोषका अनुसार दक्षिण एसियाका अन्य देशहरूमध्ये बंगलादेशको आर्थिक वृद्धिदर १ प्रतिशत, भुटानको २ प्रतिशत र भारतको १.९ प्रतिशत मात्र रहनेछ । माल्दिभ्स र श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक हुने अनुमान कोषको छ । कोषले श्रीलंकाको वृद्धिदर –०.५ प्रतिशत र मालदिभ्सको –८.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्वको अर्थ व्यवस्था सन् १९३० को दशकको महामन्दीपछि यतिबेला सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको कोषले उल्लेख गरेको छ । विश्वकै अर्थ व्यवस्थाको वृद्धिदर ऋणात्मक भई माइनस ३ प्रतिशतमा रहने कोषको ठम्याइ छ । सन् २०२० को जनवरीमा आईएमएफले नै विश्वको जीडीपी ३.३ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो । तर, हाल माइनस ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको हो । आ

ईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथका अनुसार हालको अवस्थामा जुन संकट देखिएको छ, यसले अर्थतन्त्रलाई संकटको अवस्थामा पु¥याएको छ र कुनै पनि आर्थिक नीतिले यसलाई नियन्त्रण गर्न सक्दैन । कोरोना महामारी कहिले अन्त्य हुन्छ भन्न नसकिने भएकाले विश्व अर्थतन्त्रमा कहिलेसम्म यसको असर देखिन्छ अनुमान गर्न गाह्रो भएको उनको भनाइ छ । आईएमएफको प्रतिवेदनका अनुसार यस वर्ष विकसित अर्थ व्यवस्थाको सूचीमा रहेका धेरै देशहरूको वृद्धिदर ऋणात्मक रहनेछ । कोरोनाको बढ्दो संकटले उत्पन्न खराब आर्थिक अवस्थासँग जुध्न आईएमएफसँग हाल विश्वका थुप्रै देशले आकस्मिक फन्ड माग्दै छन् । १ सय ८९ सदस्य मुलुकमध्ये ९० भन्दा बढीले आर्थिक सहायता माग गरेको आईएमएफले जनाएको छ ।

हालको अवस्था जस्तो गहिरो मन्दीको समयमा मानिसहरूको आयस्रोत गुम्ने र बेरोजगारी बढ्ने भएकाले गरिबी तथा असमानता बढ्नेसमेत कोषले जनाएको छ । कोषले युरोपको जीडीपी ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । इटाली र स्पेनको आर्थिक अवस्था सबैभन्दा प्रभावित हुने पनि अनुमान गरिएको छ । कोषका अनुसार इटालीको माइनस ९.१ प्रतिशत र स्पेनको माइनस ८ प्रतिशत हुनेछ । यस्तै, अमेरिकाको अर्थतन्त्र ऋणात्मक भई ५.९ प्रतिशतले खुम्चिने भनिएको छ । जापानको माइनस ५.२ प्रतिशत, बेलायतको माइनस ६.५ प्रतिशत, जर्मनीको माइनस ७ प्रतिशत र फ्रान्सको माइनस ७.२ रहने प्रक्षेपण पनि आईएमएफले गरेको छ ।

त्यस्तै, भारतको वृद्धिदर १.९ प्रतिशत रहनेछ । भारत अहिले विश्वको सातौं ठूलो अर्थतन्त्र भएको देश हो भने सबैभन्दा ठूलो बजार हो । दोस्रो महाशक्ति चीनको १.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण आईएमएफले गरेको छ । हाल सबै देशका सरकारले सबैभन्दा प्रभावित क्षेत्र, नागरिक तथा फर्महरूलाई करमा छुट, अनुदान तथा नगद प्रवाह गर्नुपर्ने आवश्यकता पनि आईएमएफले औंल्याएको छ । विश्वमा कोरोना महामारीको संकटमा सुधार हुँदै गएमा सन् २०२१ मा भने विश्व अर्थतन्त्रमा आंशिक सुधार आउने प्रक्षेपण पनि कोषले गरेको छ । नेपालको अर्थतन्त्रमा कोरोना प्रभाव मुख्यतः पर्यटन क्षेत्रमा परेको र यस क्षेत्रको अर्थतन्त्रमा योगदान करिब ५ प्रतिशत मात्रै रहेकाले नेपालको अर्थतन्त्रमा ठूलो असर नहुने नेपालका अर्थशास्त्रीको ठम्याइ छ ।

नेपालको प्रमुख योगदान गर्ने क्षेत्र कृषि हो । यसको योगदान करिब ४० प्रतिशत रहेकाले यसमा कोरोनाको प्रभाव सामान्य मात्रै पर्ने बुझाइ अर्थशास्त्रीको छ । पर्यटन नै मुख्य अर्थतन्त्र भएको मुलुकको हकमा भने विश्व बैंक र आईएमएफले गरेको प्रक्षेपण सही हुने देखिएको छ । राजधानी दैनिक