१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

कोरोना परीक्षण तीव्र गतिमा

कोरोना परीक्षण तीव्र गतिमा
अ अ+ अ-

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठकले बन्दाबन्दीलाई अझ कडाइ गर्ने र निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीसमेत गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समन्वय समितिको बैठकपछि सदस्य सचिव नारायण बिडारीले भने, “सङ्क्रमणको अवस्था जोखिमयुक्त हुँदै गएकाले बढीभन्दा बढी परीक्षणमा जोड दिइने नीति लिइएको छ ।” उनका अनुसार कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम स्थानमा निजी क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मीको सहयोगमा समेत परीक्षणलाई तीव्रता दिइनेछ । “कोभिड–१९ सङ्क्रमणको प्रभावकारी नियन्त्रणका लागि परीक्षण, पहिचान र उपचारमा जोड दिइनेछ,” उनले भने । दैनिक उपभोग्य वस्तुको आयात सहज बनाउँदै सुरक्षा व्यवस्थालाई कडाइ गरिने उनले बताए ।

लकडाउनको पूर्ण पालनाका लागि व्यक्तिको आवतजावतमा समेत कडाइ गर्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनी कारबाहीसमेत गरिने भएको छ । बिडारीले भने, “आपूर्तिलाई सहज र सुरक्षालाई कडाइ गरिनेछ । समन्वयात्मक रूपमा आयात आवागमनमा अवरोध नहुने गरी भन्सार नाका सहज र सुरक्षित गराइनेछ ।” सरकारले संयुक्त राष्ट्र सङ्घअन्तर्गत अफगानिस्तानमा कार्यरत नेपाली नागरिकलाई उपयुक्त पद्धतिबाट सङ्घकै समन्वयमा ल्याउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसङ्घकै अनुरोधमा नेपाली नागरिकलाई सरकारले ल्याउन लागेको हो । प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री, औषधि र उपकरण चीनबाट ल्याउने विषयमा बुधबारै टुङ्गो लाग्ने जानकारी दिए ।

निजी क्षेत्रबाट आयात गर्ने कुरामा सहजीकरण गर्ने, सरकारमार्फत खरिद गर्ने कार्य पनि जारी राख्ने उनले बताए । परराष्ट्रबाट चीनको सप्लाइ गर्ने निकायसँग सम्पर्क भइसकेको छ । आजै फाइनल हुन्छ । तीन चरणको भिडियो कन्फरेन्सपछि परराष्ट्रको संयोजनमा स्वास्थ्य मन्त्रालयले सामग्री खरिदको टुङ्गो लगाएको हो । तीन चरणको भिडियो कन्फरेन्समार्फत परराष्ट्र मन्त्रालयको संयोजनमा स्वास्थ्य मन्त्रालयको समूह बसेर ल्याइने औषधि, स्वास्थ्य सामग्री र उपकरणको सूचीसहित मूल्यको विषयमा टुङ्गो लागिसकेको उनले स्पष्ट पारे ।

यस्तै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) प्रविधिबाट स्वाब परीक्षणका लागि तत्कालै मेसिन पठाइने भएको छ । सरकारले यसअघि नै वीरगञ्जको सो अस्पताललाई ‘डेडिकेटेड’ उपचार केन्द्रका रूपमा विकास गर्ने निर्णय गरिसकेको छ । यस्तै सरकारले आन्तरिक उडानमा लगाउँदै आएको रोकलाई वैशाख १८ गतेसम्म निरन्तरता दिने भएको छ । अन्तर्राष्ट्रिय उडानमा यसअघि नै वैशाख १८ गतेसम्मका लागि सरकारले रोक लगाइसकेको छ । बैठकले राहत पाउने सूचीमा सूचिकृतहरूलाई स्थानीय तहले दैनिक उपभोग्य वस्तुको राहत प्याकेज नै उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । गोरखापत्र दैनिक