२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरीसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बारीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ ।

सो महाशाखाले आज बिहान विषेश बुलेटिन जारी गर्दै आगामी तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौँ उपत्यका, रसुवा, धादिङलगायत क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना बढी रहेको छ ।

हाल देशैभरि आङ्शिकदेखि सामान्य बदली रही देशको केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।