१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै बिते पवन मल्ल



अ+ अ-

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । मल्ल बिगत ३ हप्तादेखी बिरामी रहेका थिए । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

उनि नेपाल प्रहरीको असई थिए । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सुचना लिएर केही समयपछी मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् ।

हाल सम्म सात जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये चार जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ ।