२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाह ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका नगरपालिका भवनको अवलोकनमा



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले आज गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गर्नुभएको छ ।  मुख्यमन्त्री शाहले आन्दोलनका क्षतिग्रस्त भौतिक संरचनाको अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँलाई घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण घोडाघोडी नगरपालिका र सम्पूर्ण वडाले ठूलो आर्थिक क्षति बेहोर्नु परेकाबारे जानकारी गराउनुभयो ।

नगरप्रमुख रावतका अनुसार घोडाघोडी नगरपालिकामा जिन्सीतर्फ रु तीन करोड ५० लाख ९७ हजार ७०० क्षति भएको छभने पूर्वाधारतर्फ रु ७० लाख क्षति भएको छ । यसैगरी, १२ वटै वडामा जिन्सीतर्फ रु दुई करोड २९ लाख २८ हजार र पूर्वाधारतर्फ रु दुई करोड क्षति भएको छ । पालिकाभरि रु आठ करोड ५० लाख २५ हजार क्षति भएको नगरप्रमुख रावतले जानकारी दिनुभयो ।

“प्राविधिकका अनुसार नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष पुनर्निर्माण नगरेसम्म सेवा दिन सकिने अवस्था छ । यस्तै, वडा नं ४, ६, र १२ पनि पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । हाललाई नगरपालिकाबाट दैनिक सामान्य सेवा दिइरहेका छौँ । दसैँ र तिहारको बीचमा सबै कार्यालय पुनर्निर्माण गरी तिहारपछि राम्रोसँग सेवा सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो ।

घोडाघोडी नगरपालिकासँगै गोदावरी र गौरीगङ्गा नगरपालिकाको पनि क्षतिको विवरण लिइएको छ । गोदावरी नगरपालिकामा रु नौ करोड र गौरीगङ्गामा रु सात करोड १२ लाख बढीको क्षति भएको छ । कैलालीमा सबैभन्दा बढी घोडाघोडी, गोदावरी र गौरीगङ्गा नगरपालिकामा क्षति पुगेको जनाइएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री शाहले पुनर्निमार्णका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेश सरकार खर्च कटौतीमा लागेको बताउँदै उहाँले सबै पालिकाले पनि खर्च कटौती गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले नागरिकको सुरक्षा, शान्ति–व्यवस्था र पुनः स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्दै प्रभावित नगरपालिकामा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । रासस




भर्खरै