१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रभावः कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गरिने



अ+ अ-

काठमाडौं । नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस (कोभिड–१९)को प्रभावका कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपालको बिहीबारको बैठकले मासिक रु २० हजारसम्म पारिश्रमिक पाउने कर्मचारीको तलब कटौती नगर्ने निर्णय गरेको हो । संघले कर्मचारीका लागि हुने खर्च घटाउन समिट एयरका सञ्चालक समिति सदस्य सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले वायुसेवा कम्पनीमा कार्यरत कर्मचारीको तलव तथा सुविधा कटौती गर्न सम्बन्धित वायुसेवा कम्पनीसँगको समन्वय गरेर एक साताभित्र सूचना सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

संघले मासिक रु २० हजार भन्दा माथि रु ३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, रु १ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र रु १ लाख भन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हिमाल खबरमा समाचार छ ।

साथै कर्मचारीलाई बेतलबी विदा लिन प्रोत्साहन गर्ने, अनिवार्य विदामा बस्न लगाउने तथा प्रतिकुल अवस्थामा कर्मचारीको करार सम्झौता रद्द गराउनेसम्मको निर्णय समितिले गराउन सक्ने छ । वायुसेवाको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीको जहाज अनुपात मिलाएर ग्राउन्डेड गराउनेसम्मको निर्णय संघले गरेको छ ।