५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी आन्दोलनले धार्मिक पर्यटकको आगमन पनि घटायो’



अ+ अ-

नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या न्युन हुन गएको हो ।

भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्युन हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । उहाँले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष बरालले भन्नुभयो, अवश्य पनि नेपालमा यत्रो दुर्घटना हुँदै गर्दा धार्मिक स्थलमा मात्रै नभएर सम्पर्ण पर्यटकीय स्थलमा ठूलो प्रभाव परिरहेको छ । तत्काल धार्मिक पर्यटकहरुलाई पनि आगमन नगर्नु भनेर भारतले पनि सूचना जारी गरेको छ । अन्यत्र राष्ट्रहरुले पनि यस्तो ठूलो जुन जनधनको क्षति नेपालमा भएको छ । यो प्रति अत्यन्तै दुःख व्यक्त गर्न चाहन्छु । र यसले प्रभाव चाहीँ पार्छ नै । अब कति लामो प्रभाव पार्छ भन्ने कुरा मात्रै थाहा छैन । तत्काल त धेरै प्रभाव परिसकेको छ । तापनि पुम्दीकोटको अन्यको तुलनामा पर्यटकहरुको आउने क्रम त छ । तर पहिलो जस्तो जुन भीडभाड हुन्थ्यो, अहिले छैन, न्युन नै छ ।’ 

अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो ।