८ भाद्र २०८३, सोमबार
,
Latest
जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ ।

आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने स्पष्ट पार्नुभयो । केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गर्नुभयो । अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताउनु भयो । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उहाँ देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताउनु भयो । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उहाँले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताउनु भयो । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’

प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गर्नुभयो । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गर्नुभयो ।  —न्युज एजेन्सी नेपाल