१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको २४ औं दिन, उपत्यका सुनसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको आज २४ औ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लक डाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ । पछिल्लो समय सरकारले एकै पटक १२ दिन लक डाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ । लक डाउनका कारण उपत्यका सुनसान भएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् ।

सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ । सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।