२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार गौतम भन्छन्- ‘यो बेला राजा वीरेन्द्रको याद आयो’



अ+ अ-


वरिष्ठ पत्रकार युवराज गौतमले देश यतिबेला निकै अप्ठेरोमा परेको राज्यप्रमुखका रुपमा राजा वीरेन्द्रको याद आएको बताएका छन् । उनले भारतमा नेपाली नागरिकले देश आउन नपाएर सडकमै बास बस्नुपरेको तर नेपाल सरकारले आफ्ना नागरिकलाई देश भित्र्याउन नसकेको अवस्थाको व्यंग्य गरेको संकेत गरेका छन् र आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् । उनको फेसबुक स्टाटसलाई यहाँ साभार गरिएको छ :

राजा वीरेन्द्रको पालामा भारतले नेपाल विरुद्ध पन्द्र महिना नाकाबन्दी गरेको थियोे ।
राजाले प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई बोलाएर सोधेछन्- पीएम, इन्डियाले त्यहाँ काम गरेर बसेका सबै नेपालीलाई निकाल्ने भन्ने सुन्छु । कतिजनाले नेपालबाट गएर काम गरिरहेका छन् ? रिपोर्ट चाहियो।
प्रम श्रेष्ठले दस दिनको समय मागे । प्रहरी, प्रशासन, गुप्तचर सबैको रिपोर्ट आयो । प्रमले आठदिनमै राजालाई जाहेर गरे- सरकार, जम्मा तीन लाख सत्तरी हजार रहेछन्। उनीहरू नेपाल आएभने ऐलानी पर्ती जमिनमा म मिलाएर राख्छु।पढेलेखेका मानिसलाई रोजगारी मिलाउँछु।चिन्ता नलिई बक्स्योस् ।
राजाले भनेछन् , ‘कसैले दुःख नपाउन् ।’
युवराज गौतमद्वारा सम्पादित वीरेन्द्र स्मृति ग्रन्थमा मरिचमानसिंहको आलेखमा यसको चर्चा छ। राष्ट्रनायक र दलनायकको सोचमा कति अन्तर हुँदोरहेछ । राष्ट्र गम्भीर संकटमा छ । यो बेला राजा वीरेन्द्रको याद आयो । फेसबुक वालबाट साभार