कैलाली । रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। रूकुम पश्चिमका दुई जनामा धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको छ ।
प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए।
केही दिनअघि भारतबाट आएका उनीहरुलाई अहिले होम क्वारेन्टिनमा बसेका छन्। नेपालमा अहिलेसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किएका छन्।
अहिले धनगढीमा ५, वीरगन्जमा ४, बाग्लुङमा २, टेकु र पाटन अस्पतालमा २र२ जना संक्रमितको उपचार भइरहेको छ।