२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

के हुँदैछ कांग्रेसमा ? पार्टी सभापति अस्पतालमै, अघि बढेन गगनको प्रस्ताव

के हुँदैछ कांग्रेसमा ? पार्टी सभापति अस्पतालमै, अघि बढेन गगनको प्रस्ताव
अ अ+ अ-

काठमाडौं । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कुटपीटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा अस्पतालमा उपचाररत छन् । बुढानीलकण्ठस्थित उनीहरुको निजी निवास नै कब्जामा लिएर आन्दोलनकारीले आक्रमण गरी उनीहरुमाथि कुटपीट गरेका थिए भने घरमा आगजनी गरेर ध्वस्त बनाएका थिए ।

यो जेनजी आन्दोलनको माग भन्दै ठूला राजनीतिक दलहरुको नेतृत्व छोड्नुपर्ने बहस जारी नै छ । यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको बैठक बोलाएर आफूले पार्टी अध्यक्ष पद छोडेको तर संयोजक रहेको घोषणा गरेका छन् । यसलाई उनले माओवादीको नेतृत्व छोडेको भन्ने कि शब्दको छलछाम भन्ने चर्चा परिचर्चा बजारमा जारी नै छ ।

एमालेमा भने नेतृत्व त्याग्ने बहस छैन । पार्टीका आधिकारिक व्यक्तिहरुले अध्यक्ष केपी ओलीप्रति कुनै दबाब दिएका छैनन् र ओलीले पनि यस विषयमा केही सार्वजनिक गरेका छैनन् । उनी शनिबार मात्र एक कार्यक्रम मार्फत् सार्वजनिक भएका थिए । पार्टीको बारेमा कुनै प्रसंग निकालेका छैनन् ।

तर कांग्रेसमा भने पार्टी नेतृत्व बारेको बहस उठेको छ । आन्दोलन लगत्तै महामन्त्री गगन थापाले पहिलो पटक यस्तो अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसमा सबैभन्दा पहिला भिडियो बनाएर सार्वजनिक भएका थिए र आफूले अब जेनजीहरुको बाग बमोजिम नै पार्टीमा रुपान्तरणको माग अघि सार्ने बताएका थिए ।

उनले यस्तो धारणा राखेको केही दिनपछि नै अर्का महामन्त्री विश्वप्रकास शर्माले पनि सोही आसयको भनाइ राखेका थिए । उनले पनि अब खरानीबाट उठ्नका लागि पार्टीभित्र व्यापक मात्रामा नेतृत्व परिवर्तनको आवाज उठाउनुपर्ने बताएका थिए ।

तर पनि उनीहरुको यो भिडियो सन्देश विवादरहित भने बन्न सकेन । त्यतिबेला पार्टीका नेता कार्यकर्ताहरुमा एक प्रकारको सन्नाटा नै छाएको थियो । किनभने पार्टीकै सभापति शेरबहादुर देउवालाई घर घेरा हालेर निर्घात कुटपिट गरिएको थियो । त्यो भिडियो भाइरल भएकै थियो ।

आफ्ना पार्टी सभापतिमाथि भएको त्यो ज्यादतिको दुवै जना महामन्त्रीले किन विरोध गर्न सकेनन् ? सभापति तथा कांग्रेस केन्द्रीय सदस्य डा राणामाथि भएको कुटपिट र त्यो ज्यादतिको पार्टीका महामन्त्रीका हैसियतले उनीहरुले एक शब्द पनि नखर्चिएको विषयमा पार्टीभित्रै उनीहरुको विरोध सुरु भएको थियो ।

अर्काे कुरा सभापति देउवा दम्पति अहिलेसम्म नै अस्पतालमा उपचाररत छन् । त्यस विषयमा पनि उनीहरुबाट कुनै सान्त्वनायुक्त अभिव्यक्ति अथवा भनौँ आफ्ना सभापतिप्रति स्वास्थ्यलाभको कामना समेत उनीहरुबाट आएको थिएन । यसै विषयले पनि अहिले महामन्त्रीद्धय अप्ठेरोमा परिरहेका छन् ।

उनीहरुले नेतृत्व परिवर्तन गर्नुपर्छ र जेनजी पुस्ताको माग जस्तै युवामा नेतृत्व आउनुपर्छ भन्ने सार्वजनिक भिडियो बनाए पनि पार्टीभित्र भने आफूले पार्टीको नेतृत्व लिनेगरी गगन थापाले सुरु गरेको अभियानले पार्टी भित्रै आशंका उत्पन्न गरायो ।

पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरुले पार्टी सभापति उपचारका लागि अस्पतालमै रहेको अवस्थामा नेतृत्व परिवर्तनका लागि दबाब दिने र विशेष महाधिवेशन गर्नुपर्ने धारणाप्रति पनि धेरैले असहमति राखेका छन् । समयको माग त हो, जेनजीको भावना पनि हो तर पनि आन्दोलनकारीबाटै कुटिएर उपचारमा रहेका आफ्ना सभापतिप्रति सामान्य सान्त्वताका शब्दहरु पनि व्यक्त गर्न नसक्नेले भोलि पार्टीका कार्यकर्ताको मन कसरी जित्न सक्छन् भन्ने आसय कार्यकर्ताहरुको छ ।

नेपालमा प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको इतिहास धेरै लामो छ । सभापति शेरबहादुर देउवाको पनि नेपालका प्रजातन्त्रको स्थापनाका लागि लामो संघर्ष र योगदान छ । यदि उनले कुनै भ्रष्टाचार गरेको भए या कानुन विपरीतको काम गरेको भए कानुनी उपचारको व्यवस्था छँदैछ ।

तर ८० बर्ष पुगेको आफ्नो पार्टी सभापतिमाथि भएको त्यो ज्यादतिप्रति पार्टीका कार्यकारिणी मानिने महामन्त्रीबाट नै कुनै बेवास्ता हुनु र आधा घन्टाको भिडियोमा सभापतिको नाम मात्र पनि नलिनुले महामन्त्रीहरुमा नेतृत्वमा पुग्न हतार भएको तर संस्कार भने देखाउन नसकेको भनेर आलोचना भएको छ ।

यसैकारणले पनि महामन्त्री थापाले सुरु गरेको भनिएको विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान पनि अघि बढ्न सकेको छैन । बरु पार्टीका बरिष्ठ नेता डा शेखर कोइरालाले आफ्ना सभापतिमााथि भएको ज्यादतिको विरोध गरेका थिए र उनले सार्वजनिक रुपमा नै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए । उनीप्रति बरु महाधिवेशन प्रतिनिधिहरु लचिलो बनेको देखिएको छ ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा मात्र विशेष महाधिवेशन बोलाउन सकिने पहिलो विकल्प पार्टीको विधानमा छ । तर सो बैठक राख्नका लागि पनि सबैभन्दा पहिला त पार्टी सभापति निको हुनुपर्यो । तर त्यस अगावै सो बैठक डाक्न सभापति देउवा पक्ष तयार देखिएका छैनन् भन्ने निहुँमा महामन्त्रीले अहिल्यै हतार गरेको अरु नेताहरुको प्रतिक्रिया छ ।

वर्तमान केन्द्रीय समितिमा करिब ८२ प्रतिशत देउवा पक्षका नेताहरू भएको हुँदा केन्द्रीय समितिबाट पारित गराउन नसकिने संकेत देखिएसँगै नेताहरू अर्को विकल्पमा अघि बढेका बताइएको भए पनि त्यो पार्टीको विधि र विधानसम्मत नभएको भनाई छ ।

एकजना केन्द्रीय सदस्यले भने, गगन थापाले विशेष महाधिवेशनका लागि गरेको प्रस्तावमा पार्टीका १०१ जना मात्र प्रतिनिधिले हस्ताक्षर गरेका छन्, त्यो भन्दा अघि बढ्न सकेको छैन । अहिले नै विशेष महाधिवेशन गरेर अघि बढ्दा पार्टीमा फुट आउन सक्ने भएपछि गगन अहिले हच्किएका हुन् ।

विशेष महाधिवेशन आह्वान गर्नका लागि पनि १४ औं महाधिवेशनका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउनुपर्ने हुन्छ । त्यसका लागि डा कोइराला पक्षका नेताहरु तयार छैनन् । गत महाधिवशेनमा सभापतिका उम्मदेवार डा. शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए भने ६० देउवाको थियो । त्यसो हुँदा पनि हस्ताक्षर पुग्न समस्या देखिन्छ ।

अन्य नेताहरुको पनि घरमा आगजनी भएको थियो तर धेरैले मर्मत गरेर बस्न थाले या आफ्ना जलेको घरको अवस्थाको अध्ययन गरिसके । तर नेता देउवा दम्पत्तिको घर भने अहिले पनि बेवारिसे अवस्थामै छ । त्यहाँ ठूलो मात्रामा पैसा भेटिएको भन्दै विविध भिडियो बनाइएका छन् र त्यसको प्रामाणिकता छैन । देउवा परिवारले भने विज्ञप्ति निकालेर घरमा पैसा नरहेको बताइसकेको छ ।

ती भिडियोहरुलाई बल पुग्नेगरी महामन्त्रीद्धयको अभिव्यक्ति आएको र पार्टीका तर्फबाट त्यसको प्रतिरक्षा किन नगरिएको भनेर पनि पार्टीभित्रै प्रश्न उठेको छ । देउवाको सचिवालयले घरमा पैसा नरहेको भनेर विज्ञप्ति प्रकाशन गसिक्दा पनि महामन्त्री विश्वप्रकाशले त्यो पैसाको छानबिन हुनुपर्छ भनेर उल्टै मिडियालाई दिइरहेको अभिव्यक्तिले पार्टीभित्रैका र विशेषगरी देउवा पक्षका नेता तथा महाधिवेशन प्रतिनिधिहरुलाई सशंकित बनाएको छ ।

देउवा पक्षका कतिपयले त घरमा घरखर्चीका लागि राखिएको केही पैसा भेटिएकोमा सो पैसालाई ठूलो बनाएर भिडियो प्रचार गर्ने काममा पनि कांग्रेसकै नेता कार्यकर्ताहरुको हात रहेको बताउने गरेका छन् । यसलाई बल पुग्नेगरी शनिबार पनि पार्टीकाा महामन्त्री विश्वप्रकाशले सो पैसाको अनुसन्धान हुनुपर्ने बताएका छन् । जुन उनको अभिव्यक्ति निकै अस्वाभाविक रुपमा आएको छ ।

त्यसैगरी लामो समयसम्म मुलुक र प्रजातन्त्रका लागि लडेको देउवा जस्तो आफ्नै पार्टीको सभापतिलाई विदेश भाग्न लागेको भनी गरिएको प्रचारको पार्टीबाट प्रतिवाद हुन नसकेकोमा पनि कांग्रेसकै कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।

एमाले अध्यक्ष ओलीले शनिबार नै एक कार्यक्रममा सहभागी भएर विदेश भाग्न लागेको भन्ने भ्रम छरिएको भनी प्रष्ट गरेको भए पनि देउवा दम्पत्ति भने उपचाररत रहेकाले यस विषयमा स्पष्टोक्ति पनि दिन सक्ने अवस्थामा नरहेकोमा पार्टीले त्यसको जवाफ नदिएको बताइएको छ ।

त्यसैले पार्टीभित्र अहिले राजनीतिक रुपमा कुनै सहमति जुट्नुभन्दा पनि यही मौकामा जेनजीको माग भन्दै महामन्त्रीद्धयले नेतृत्व हत्याउने खेल खेलेको धेरैको आरोपका कारण विशेष महाधिवेशन या अरु केही विकल्प भन्ने बारेमा केही निर्णय हुन सकेको छैन । पार्टी सभापति निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने केन्द्रीय समितिको बैठकले नै पार्टीको आगामी कार्यदिशा अघि बढ्ने धेरैको भनाई छ ।