२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते



अ+ अ-

बैतडी। जयपृथ्वी राजमार्गको बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो ।

गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । यसैगरी पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।