१४ श्रावण २०८३, बिहीबार
,
Latest
माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते



अ+ अ-

बैतडी। जयपृथ्वी राजमार्गको बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो ।

गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालले बताएको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । यसैगरी पुर्चौंडी नगरपालिका–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन्।




भर्खरै