१३ असार २०८३, शनिबार
,
Latest
न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण नेगेटिभ, २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आए डिस्चार्ज हुने



अ+ अ-

काठमाडौं । गत चैत ४ गते कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण कोरोना नेगेटिभ देखिएको छ। अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो।

यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो। आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ।

संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आउनुपर्छ। अनि मात्र विरामीलाई डिस्चार्ज गर्न सकिने धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल उनले भने।

अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ। महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए।