१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाउनुभएको छ ।

शनिवार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको ओलीको भनाई थियो । उहाँले आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिनुभयो । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओली कहीँ भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो,‘म अहिलेको जेन—जी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो । यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरु, मैले गरेका कामहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । अरुको पनि ल्याओस् । उहाँहरुका पनि ल्याओस् । मैले भनेका सम्पूर्ण कुराहरु यो सरकारले हिम्मतका साथ जनताका बीचमा पु¥याओस् । प्रकाशित गरोस कुराहरु । कर्मचारीलाई दिएको निर्देशनहरु रेकर्डट छन् । ती कुराहरु बाहिर ल्याओस । प्रहरीलाई दिएको निर्देशन रेकडेट छन । बाहिर ल्याओस् । अरु क्षेत्रमा गरेका कामहरु रेकडेट छन् । बाहिर ल्याओस । हामी कुनै षड्यन्त्र गर्र्र्दैनौ । हामी कुनै छलफल छाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौं । हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो–पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको । शान्ति सुब्यवस्थत गर्ने कुराको, कानूनी राज्यको कुराको । हाम्रो नीति यही हो ।’

अध्यक्ष ओलीले एमालेले सधैंँ सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल