९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

४८ घण्टामा नयाँ संक्रमित भेटिएनन्



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत ४८ घण्टाभित्र कुनै पनि नयाँ संक्रमित नभेटिएको जनाएको छ । पछिल्ला केही दिन दैनिक रुपमा संक्रमित भेटिएपनि बुधबार र विहिवार भने नयाँ संक्रमित फेला नपरेको जनाएको हो । विहिवार अपरान्हसम्म १६ जना संक्रमित व्यक्ति रहेको र ति मध्ये १५ जना उपचारका क्रममा विभिन्न अस्पतालमा रहेका छन् । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये बागलुङकी ६५ वर्षिया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । उनको चौथो पटक स्वाब परीक्षण गर्न पठाइएको छ । सो स्वाब परीक्षण पनि नेगेटिभ आएमा उनलाई शुक्रबार डिस्चार्ज गरिने धौलागिरि अञ्चल अस्पताल बागलुङले जानकारी दिएको छ ।

दोस्रो परीक्षणमा भने यी महिलाको नतिजा पोजेटिभ आएको थियो । उनिसँगै उपचार गरिरहेकी १९ वर्षिया युवतिको चौथो रिपोर्ट भने पोजेटिभ आएको छ । रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म छ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको बताए । त्यस्तै गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन् । उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को संक्रमण देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

आरडीटी परीक्षण ६९ जिल्लामा शुरू भइसकेको र अब ८ जिल्लामा शुरू हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुम पूर्व र डोल्पामा बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । क्वारेन्टाइनमा ४ हजार ९०१ जना रहेका छन् । आइसोलेसनमा १०३ जना रहेका छन् । मोबाइल एप, वेभपेज लगायतमा स्वास्थ्यको जानकारी लिनेको संख्या १८ हजार ४३४ रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये अहिलेसम्म २४७ जनालाई रेडजोनमा राखिएको छ । रेडजोनका मानिसहरूको संक्रमित हुन सक्ने भएकाले उनीहरूको ट्रेसिङको काम भइरहेको छ ।

वीरगञ्ज महानगरपालिका–२ अन्तर्गत छपकैयामा विहिवार ४०० जनाको आरडीटी किट परीक्षणबाट गरिएको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यसैगरी परीक्षणसँगै क्वारेन्टाइनमा बस्नेको सख्या घट्दै गएको प्रवक्ता देवकोटाको भनाइ छ । उनका अनुसार हाल क्वारेन्टाइनमा बस्नेको सख्या पाँच हजार ६१४ रहेको छ । अहिलेसम्म आइसोलेशनमा ११७ रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन् । पत्रकार सम्मेलनमा इपिडिमोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले उपत्यकामा पनि स्थानीय तहसँगको समन्वयमा विदेशबाट आएका व्यक्तिको परीक्षण भइरहेको बताए ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र विदेशबाट आएकाले परीक्षण गराउनुपर्ने:स्वास्थ्य मन्त्रालयले कोभिड–१९ निदानका लागि चैत महिनामा विदेशबाट आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले विहिवार एक सुचना जारी गरी आरडीटी विधिबाट परीक्षण गराउन भनेको हो ।

मन्त्रालयले कोभिड पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोभिडको लक्षण देखिएका र उनिहरुका सम्पर्कमा आएका सबैलाई पनि परीक्षण गर्न अनुरोध गरेको छ । यस्तै, १४ दिन भन्दा बढि क्वारेन्र्टानमा बसेका, कोभिड उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित सबैलाई कोरोनाको परीक्षण गराउन भनेको छ । सौर्य दैनिक