६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चीन र भारतबाट औषधि खरिदका लागि बजेट स्विकृत

चीन र भारतबाट औषधि खरिदका लागि बजेट स्विकृत
अ+ अ-

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारका लागि चीन र भारतबाट जिटूजी (सरकारबाट सरकारले) ल्याउन सामानको निम्ती अर्थ मन्त्रालयले बजेट स्वीकृत गरिदिएको छ । रक्षा मन्त्रालयसँग छलफल गरेपछि अर्थले बजेट स्वीकृत गरिदिएको हो । बजेट स्वीकृत लगत्तै नेपाली सेनाले स्वास्थ्य सामग्री र औषधिको मुल्य र विवरण सम्वन्धित मुलुकमा विहिवार पठाएको छ । प्रधानसेनापतिले विहिवार विहान सामग्रीसहित सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सो पत्र परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशमा पठाइएको हो । चीनले पीपीई सहित ६७ प्रकारका उपकरण र केही औषधी तथा भारतले ५३ प्रकारको औषधी गरी २० प्रकारका उपकरण दिने सहमति जनाएका छन् । औषधि र उपकरणको सूची बुधबार बिहान स्वास्थ्य सेवा विभागले स्वीकृत गरी नेपाली सेनालाई पठाएको थियो ।

सेनाले सो सूचि रक्षा मन्त्रालयमा पठाएको थियो । रक्षाले सोही अनुसार अर्थ मन्त्रालयलाई बजेट निकासाका लागि पत्रचार गरेको हो । अर्थ मन्त्रालयले विहिवार बजेट स्वीकृत गरेको जानकारी दिएको छ । अर्थ मन्त्रालय स्रोतले भन्यो,‘हामीले बजेट सुनिश्चित गरिदिने हो, त्यो हामीले गरिसक्यौं । रकमको अभावमा अब स्वास्थ्य सामग्री खरिद रोकिदैन ।’ खरिदको प्रक्रिया शुरु गर्दा करिव ४ सय थरीका सामान र औषधीको सूची बनाइएकोमा सामग्रीको अभाव देखाउदै चीन र भारतले अन्तिममा केवल १२० थरीमात्र दिन सकिने उल्लेख गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले पनि सूचि सम्वन्धित देशहरुमा गईसकेको जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयबाट सामानको प्रकार र परिमाणलाई अन्तिम रूप दिएर पठाएको सूची सम्बन्धित निकायमार्फत् सम्बन्धित देशहरूमा गइसकेको छ’, उनले भने ।

परराष्ट्र मन्त्रालयले पनि आफ्नो तर्फबाट सवै सहजिकरण भईसकेकाले शुक्रबार सबै विषयमा टुंगो लाग्न सक्ने जानकारी दिएको छ । सबै कुराको टुंगो लागेपछि सम्बन्धित पक्षले हस्ताक्षर गरे लगत्तै भुक्तानीको मोडालिटी, सामान उपलब्ध गराउने मिति लगायतका विषयको टुंगो लाग्नेछ । चीनले सबै सामान ग्वान्जाओमा र भारतले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपलब्ध गराउने बताईसकेको छ । त्यहाबाट नेपालले आफै ढुवानी खर्च गरेर ल्याउनुपर्नेछ । ढुवानीमा ढिलाई गरे चीनबाट सामग्री नआउने खतरा पनि उत्तिकै रहेको अधिकारीहरु बताउछन् । विश्व बजारमा नै सामानको अभाव रहेका बेला विमानस्थलमा सामान धेरै समय लागे अर्को देशले महंगोमा सो सामान किनेर लैजाने खतरा बढिरहेको हुन्छ ।

पछिल्लो समय चीनमा यस्ता गतिविधि निक्कै बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले समेत बताईरहेका छन् । सामान खरिद गर्न एकजना पनि एजेन्ट नराखिएको सेनाले जनाएको छ । भारत र चीनमा रहेका दूतावासले त्यहाँको सरकार र सरकारी कम्पनीसँग समन्वय गरिरहेका छन् । ‘यसअघि धेरै विवाद आएकाले एजेन्ट राख्ने कुरै भएन, दूतावासका सरकारी कर्मचारीले लिंकको काम गरिरहनुभएको छ’, सैनिक प्रवक्ता पाण्डेको भनाई छ । सौर्य दैनिक