१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि भाटभटेनी सुपरमार्केट खुल्ने



अ+ अ-

काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ स्टोर सुक्रबारदेखि खुल्ला गर्ने निर्णय गरेको छ । ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । पौडेलका अनुसार कोरोना भाइरसको त्रासका कारण मुलुक लकडाउनमा गएपछि भाटभटेनीले होम डेलिभरीको सुविधा दिँदै आएकोमा आजदेखि स्टोर नै खुला राख्ने निर्णय भएको हो ।

उनका अनुसार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ । तर, स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ । एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गरिने छ । उनका अनुसार राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहनेछ ।

तर, नक्शालमा रहेको पुरनो सुपर मार्केटले भने यस अघि पनि अफिर पौडेलले भने अनुसार नै ग्राहकलाई सेवा दिँदै आएको थियो । हरेक दिन ग्राहकले घण्टौं लाइनमा बसेर सामान किन्ने गरेका थिए ।