१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बल्ल आरडिटी



अ+ अ-

महोत्तरी । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको छ । जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो । पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो । जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो ।

जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छैन । यद्यपि बर्दिवास–४ स्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीमा ५५ श्ययाको क्वारेन्टाइन केन्द्रमा १६ जना रहेका छन् । जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जलेश्वरको परिकौलीस्थित रणभीम गणले क्वारेन्टाइन सञ्चालन गरेका छन् ।

जिल्लामा ३४० क्वारेन्टाइन श्यया र २६ आइसोलसनकक्ष रहेका छन् । आरडिटी र पिसीआर जाँचपछि आइसोलेसनमा राखिन जलेश्वर अस्पतालमा २० र सेनाको रणभीम गणमा छ श्यया रहेका स्रोतव्यक्ति झाले जानकारी दिए ।