२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा बल्ल आरडिटी



अ+ अ-

महोत्तरी । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको छ । जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो । पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिनुभयो । जिल्लाका क्वारेन्टाइनमा गत चैत २० गतेबाट मात्र भारत र अन्य देशबाट आएका व्यक्ति बस्न थालेका हुँदा आरडिटी ढिलो शुरु भएको हो ।

जिल्लाको सुदूर–उत्तरवत्र्ती बर्दिवास नगरपालिकामा पनि क्वारेन्टाइन सञ्चालन हुनसकेको छैन । यद्यपि बर्दिवास–४ स्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीमा ५५ श्ययाको क्वारेन्टाइन केन्द्रमा १६ जना रहेका छन् । जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जलेश्वरको परिकौलीस्थित रणभीम गणले क्वारेन्टाइन सञ्चालन गरेका छन् ।

जिल्लामा ३४० क्वारेन्टाइन श्यया र २६ आइसोलसनकक्ष रहेका छन् । आरडिटी र पिसीआर जाँचपछि आइसोलेसनमा राखिन जलेश्वर अस्पतालमा २० र सेनाको रणभीम गणमा छ श्यया रहेका स्रोतव्यक्ति झाले जानकारी दिए ।