१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं. १ : पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ



अ+ अ-

विराटनगर । प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ । बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ रहेको छ । ल्याबमा गरिने परीक्षण (पिसीआर) विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २७६ पुरुष छन् ।

परीक्षण नतिजा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएकोे छ । पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ । हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल ५६८ छ, जसमा चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेकोे पाइएको छ ।