२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिना बितेपछि कतारबाट फर्केका एक युवक क्वारेन्टाइनमा



अ+ अ-

रौतहट । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्याएको छ । गत चैत ४ मा कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिई क्वारेन्टाइनस्थल लगेको हो ।

‘उनी चढेको फ्लाइटका केहीमा संक्रमण देखिएकोले कन्ट्याक ट्रेसिङ गर्दै घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर शाहीले भने ‘आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः स्वाब टेस्ट गराउदैछौँ।’

सरकारले विदेशबाट आएकाहरुलाई कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्न आह्वान गरे पनि जनप्रतिनिधिहरुले समेत घटना लुकाएको डीएसपी शाहीले बताए । कतारबाट फर्केका युवकलाई उनका दाजु चन्द्रपुर १ का वडा अध्यक्षले घरमै राखेका थिए । सोही विमानबाट आएका रौतहटको साबिक रंगपुरका अर्का व्यक्तिको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।