१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिना बितेपछि कतारबाट फर्केका एक युवक क्वारेन्टाइनमा



अ+ अ-

रौतहट । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्याएको छ । गत चैत ४ मा कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिई क्वारेन्टाइनस्थल लगेको हो ।

‘उनी चढेको फ्लाइटका केहीमा संक्रमण देखिएकोले कन्ट्याक ट्रेसिङ गर्दै घरबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौँ ।’ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर शाहीले भने ‘आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज पुनः स्वाब टेस्ट गराउदैछौँ।’

सरकारले विदेशबाट आएकाहरुलाई कम्तीमा पनि दुई साता क्वारेन्टाइनमा बस्न आह्वान गरे पनि जनप्रतिनिधिहरुले समेत घटना लुकाएको डीएसपी शाहीले बताए । कतारबाट फर्केका युवकलाई उनका दाजु चन्द्रपुर १ का वडा अध्यक्षले घरमै राखेका थिए । सोही विमानबाट आएका रौतहटको साबिक रंगपुरका अर्का व्यक्तिको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।