१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको राहत बाँड्ने तयारी



अ+ अ-

झापा । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लामा पहिलो चरणमा ३९ हजार ३६१ घरघुरीका एक लाख ६० हजार ४१३ व्यक्तिलाई सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन वितरण गरिएको थियो ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, चार हजार लिटर तेल र चार हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताउनुभयो । उहाँका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताउनुभयो । दाताहरुबाट समेत सहयोग आइरहेको उहाँले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताउनुभयो ।

मेची नगरपालिकामा बिहीबार भएको सर्वदलीय बैठकले दोस्रो चरणको राहत वितरणका लागि नगरलाई आग्रह गरेको छ । नगरमा मेची अभियानलगायतका सामाजिक संस्थाहरुले सङ्कलन गरेका सहयोग नगरपालिकामा बुझाएका छन् ।