काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिकका लागि सरकार छ कि छैन भनी प्रश्न गरेका छन् । शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिकहरु हिँडेरै घरतर्फ गइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?’ शर्माले प्रश्न गरे ‘कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार १ पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’
प्रवक्ता शर्माले लकडाउनका कारण समस्यामा परेका मजदुर, बेरोजगार र विद्यार्थीका लागि उचित प्रबन्ध गर्न आग्रह गरे । ‘वेरोजगारहरुको हालत के होला, विद्यार्थीको हालत के होला, दैनिक कमाएर खानेहरुको के हालत होला ?’ उनले प्रश्न गरे, ‘जसले एक हप्ता भन्दा बढी खान नपुगेपछि जिल्ला जान खोजेका हुन् ।’