१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देशमा श्रमिकको सरकार छ कि छैन ? : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिकका लागि सरकार छ कि छैन भनी प्रश्न गरेका छन् । शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिकहरु हिँडेरै घरतर्फ गइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

‘सडकमा हिँडिरहेका श्रमिकको सरकार यो देशमा छ कि छैन ?’ शर्माले प्रश्न गरे ‘कोरोनाले बच्ने, भोकले मर्ने ? सरकार १ पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ?’

प्रवक्ता शर्माले लकडाउनका कारण समस्यामा परेका मजदुर, बेरोजगार र विद्यार्थीका लागि उचित प्रबन्ध गर्न आग्रह गरे । ‘वेरोजगारहरुको हालत के होला, विद्यार्थीको हालत के होला, दैनिक कमाएर खानेहरुको के हालत होला ?’ उनले प्रश्न गरे, ‘जसले एक हप्ता भन्दा बढी खान नपुगेपछि जिल्ला जान खोजेका हुन् ।’