१४ श्रावण २०८३, बिहीबार
,
Latest
माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



अ+ अ-

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मङ्गलबार खसेको पहिरो पन्छाएसँगै केहीबेर अघिदेखि दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अबरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो। यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्।

सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार भएका थिए।




भर्खरै