२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संवेदनशील नहुदा श्रमिक बर्गले दुःख पाए– सहमहामन्त्री डा.महत



अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले घोषणा गरेको लकडाउनको अविध बढाउँदै गएसँगै देशका मजदुर, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने बर्ग तथा समग्र सर्वसाधारण नागरिकप्रति सरकार आफै संवेदनशील नहुदा नागरिकले दुःख पाएको बताएका छन् ।

सरकार मजदुर तथा गरिखाने बर्गका लागि संवेदनशील बन्न नसकेको भन्दै उनले लकडाउनको अवधि लम्ब्याउँदै गएपछि यो बर्गको न्युनतम आवश्यकताको बारेमा सरकारले सोच्नुपथ्र्याे भन्दै यसतर्फ तत्कालै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसरी राज्यले नागरिकलाई लकडाउनमा बस भनेर मात्र हुदैन अप्ठेरोमा परेका बर्गको कम्तीमा पनि न्युनतम खाने, बस्नेसम्मको व्यवस्था सरकारले गर्नुपर्छ उनले भनेका छन् ।

तर सरकार यो बर्गको समस्याप्रति गम्भीर हुन सकेन– उनले भने । डा.महतले भने– ‘लकडाउनमा बस भनेर मात्र हुदैन, आज यतिका दिन भइसक्यो जनता त बसेकै छन् नि । तर मजदुर बर्गका न्युनतम समस्या र आवश्यकताप्रति सरकारले विशेष व्यवस्था गर्नुपथ्र्याे त्यो गर्न सकेन र उनीहरुले अहिले दुख पाइरहेका छन् ।

नागरिकहरु देशका विभिन्न ठाउँमा अलपत्र परिरहेको यो अवस्थामा सरकार केही गर्न र बोल्न पनि नसक्नु दुखद भएको उनले बताए ।

उनले प्रश्न गरे– राजधानी या शहरमा बसेका ती मजदुरलाई यसरी रातारात हिँडेर घर जानुपर्ने अवस्था किन आयो ? सरकारले निम्नबर्गीय तथा सबै सर्वसाधारण जनतालाई राहात दिइएको भनेको छ, यदि राहात पाएको भए यसरी कष्टपूर्ण रुपमा उनीहरु किन दिनहुँ हिँड्नु परिरहेको छ ?

सहमहामन्त्री डा.महतले विभिन्न जिल्लामा अलपत्र परिरहेका नागरिकलाई उद्धार गर्न, खाना र बासका साथै आवश्यक न्युनतम सहयोग गर्न नेपाली काँग्रेसका सम्बद्ध जिल्लाका नेता तथा समग्र कार्यकर्ताहरुलाई काँग्रेसले निर्देशन दिएको जानकारी पनि दिए ।

यस्तो अप्ठेरो परिस्थितिमा अलपत्र परेर जुन जिल्लामा मजदुर तथा सर्वसाधारण नागरिक पुगेका छन् उनीहरुलाई आवश्यक सहयोग र सक्दो गर्न हामीले सबै जिल्लाका साथीहरुलाई निर्देशन दिइसकेका छौँ– डा.महतले भने ।