२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन : टिकापुरमा महिला हिंसाका घटनामा कमी



अ+ अ-

टीकापुर । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय टीकापुरमा हिंसाका दुई मात्र उजूरी दर्ता भएका छन् ।

‘‘लकडाउनको २५ दिनमा दुई महिलाले मात्रै हिंसामा पर्यौँ भनी उजुरी गरेका छन् । दुई वटा घटना पनि श्रीमान्ले मदिरा सेवन गरी झगडा र कुटपिट गरेका हुन् ’’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले भन्नुभयो, ‘‘हामीले उनीहरुकै घरमा गएर सम्झाएर आयौँ । आइन्दा हिंसा नगर्ने शर्तमा प्रहरीकहाँ ल्याएनौंँ, त्यसपछि पनि जानकारी लिएका छौँ, उनीहरुमाथि हिंसा भएको छैन ।’’

डिएसपी भट्टका अनुसार विगत महिनामा २० भन्दा बढी महिला हिंसाका उजूरी दर्ता हुन्थे । बन्दाबन्दीपछि हिंसाका घटनामा कमी आएका छन् । प्रहरीका अनुसार सो क्षेत्रमा मदिराकै कारण महिला हिंसामा पर्छन् । ‘‘लकडाउनका कारण पुरुषहरु घरमै बस्नुपर्दा मदिरा खान पाएनन्, जसले हिंसाका घटनामा पनि कमी आयो’’, भट्ट भन्नुहुन्छ, ‘‘हामीले लकडाउनको समयमा घरेलु मदिरा बिक्री गरिरहेका केही स्थानबाट चार सय लिटर बरामद समेत गरेका छौँ ।’’

टीकापुर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयका उपप्राध्यापक रामप्रसाद तिवारी पनि मदिराले महिलामाथि हिंसा बढाउने गरेको बताउनुहुन्छ । ‘‘यस्तो विपत्तिको समयमा महिलामाथि हिंसा हुनु दुःखद् कुरा हो । सबै घरभित्रै बसिरहेका कारण हिंसाका घटना प्रहरीसमक्ष नपुगेका पनि हुन सक्छन्’’, उपप्राध्यापक तिवारी भन्नुहुन्छ, ‘‘अप्ठेरो समयमा महिलामाथि हिंसा गर्ने त अपराधी हुन्, महिलामाथि हुने दुव्र्यवहार न्यूनीकरण गर्न समाजका सबै नागरिक जिम्मेवार बन्नुपर्छ ।’’

लकडाउनपछि सवारी दुर्घटनाका घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । मानिस हिँड्न र सवारी साधन नचलेपछि सवारी दुर्घटना नभएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।