काठमाडौं। निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ।
रमेशकी ८९ वर्षीया आमा सारदादेवी लेखकको बिहीबार अपराह्न ४ बजेतिर निधन भएको लेखकका परिवारका सदस्यले जानकारी दिनुभयो ।
दमलगायत रोगबाट पीडित लेखकको ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उहाँका चार छोरी र एक छोरा छन्। उहँको आजै पशुपति स्थित आर्यघाटमा अन्तिम सस्कार गरिएको छ।










