२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान



अ+ अ-

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो ।

महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरुलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ ।रासस