१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि समस्या समाधान आयोगका पदाधिकारीले बैठक भत्ता नलिने



अ+ अ-

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीले बैठक बापतको भत्ता नलिने भएका छन्। शुक्रबार आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै पदाधिकारीले बैठक बापतको भत्ता नलिने बताएका हुन् ।

बिहीबार बसेको आयोगको पहिलो बैठकले आयोगको कार्यकालभरि बसेका बैठकको भत्ता नलिने र लकडाउन अवधिभरको पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

‘हामीले पैसा कमाउला भौतिक सुविधा लिउला भनेर राजनीति गरेको होइन। दिनमै २/३ वटासम्म बैठक बस्न पर्ने हुन्छ। त्यही भएर भत्ता नलिने निर्णय गरेका छौं,’अध्यक्ष ज्ञवालीले भने,’लकडाउन अवधिकभरको पारिश्रमिक नेपाल सरकारलाई नै दिने निर्णय गरेका छौं।’

आयोगको कार्यकाल ३ वर्षको छ। आफूहरूले आयोगका लागि नयाँ गाडी नलिइकन अहिले भइरहेकै गाडी उपलब्ध गराउन समेत माग गरिएको ज्ञवालीले बताए।

सरकारी भवनमा नै कार्यालय व्यवस्थापन गर्न समेत आयोगले नेपाल सरकारलाई अनुरोध गरेको छ।