१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ’



अ+ अ-

काठमाडौं । नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै आफनो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलले उनीहरुका लागि राहत तथा गन्तव्यसम्म पुग्नका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । साथै तरुण दलले राजमार्गमा हिडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न मातहतका कार्यसमितिलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह समेत गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागि जारी गरिएको लकडाउन लगायत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सम्पूर्ण भातृ संगठनले सहयोग गरिरहेका बेला सरकार भने आफ्नो जिम्मेवारीबाट बिमुख देखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आरोप लगाउनुभएको छ । तरुण दलले वर्तमान विषम परिस्थितिमा पर्याप्त सुरक्षाका सामग्रीको कमीका बाबजुद पनि अग्रपङक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरुको मुक्तकण्ठले प्रशंसा गरेको छ । अध्यक्ष बस्नेतले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रगीसँगै थप सुविधा पनि चाँडो व्यवस्था गर्न सम्बन्धित निकाय सँग माग गर्नुभएको छ ।