काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पैदल हिंडेर घर गइरहेका नागरिकहरूलाई खाना र बासको प्रबन्ध मिलाउन कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा देउवाले सामाजिक दूरी कायम गर्दै यस्तो व्यवस्था गर्न आग्रह गरेका हुन् ।
‘लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिंडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीहरुले सामाजिक दूरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रबन्ध मिलाउन आग्रह गर्दछु,’ उनले लेखेका छन् ।