काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने बिषयमा मन्त्रीहरुसंग छलफल गर्ने भएका हुन् ।
शुक्रबार कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बसेको बैठकमा छलफल भएको थियो । तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बोलुवाटार बोलाएका छन् ।
सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ । तर कुनै निर्णय भएको छैन ।