काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहलले ले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ ।
बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका छन् । उनिहरुको मागमा अन्य सदस्यहरुले पनि समर्थन जनएपछि होहल्ला भएको छ । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ ।














