२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा परेकाहरुलाई सहयोग गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान



अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको समयमा धेरै मानिसको विचल्ली भएको छ । संकटको यो अवस्थामा सरकारले मात्र सहयोग गरेर विचल्लीमा परेकाहरुले राहत पाउन सक्ने अवस्था देखिन छाडेको छ । अहिले धेरैलाई मानवीय सहायता आवश्यक छ । मानवहरुमा एउटा आइपरेको संकटको यो घडीमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने क्रम बढाएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंक नै सञ्चालनमा ल्याएर लकडाउनको अवधिमा दैनिक श्रमका आधारमा रोजीरोटी गरी खाने समुदाय भोकभोकै वस्ने अवस्था सिर्जना भएपछि पीडितलाई राहत उपलब्ध गराउन थालेको हो ।

लायन्स फुड बैंकले हाल भइरहेको संकटको विषम परिस्थितिमा देशका विभिन्न स्थानमा रहेका आश्रयस्थलहरु, दैनिक ज्यालादारी गर्ने श्रमिकलगायत खाद्यान्न अभाव सिर्जना भएको स्थानहरुमा खाद्यान्न पु¥याउने गरेको छ । फुड बैंकमा विभिन्न क्लबले सहयोग गर्ने गरेका छन् । अहिलेसम्म ३५ लाख रुपैयाँ जम्मा पारेर देशका विभिन्न ४० ठाउँमा राहत वितरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानका निवर्तमान गभर्नर अनन्तप्रसाद भेटवालले जानकारी दिनुभयो । कतिपय संघसंस्थालाई परिस्थिति र आवश्यकता हेरेर ३ महिनासम्म पुग्ने गरी खाद्यान्न वितरण गरिएको उहाँको भनाइ छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले फुड बैंकको मूल मर्मअनुसार देश र समाजमा कोही पनि एक छाक खाना नपाई भोको रहन नपरोस् भन्ने उद्देश्यलाई सार्थक बनाउन खाद्यान्न राहतका रुपमा वितरण गर्न थालेको हो ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वानले अब सडक मजदुर, विचल्लीमा परेकाहरुलाई ठाउँठाउँमा पुगेर १० किलो चामल, एक लिटर तेल, १ केजी नून, २ किलो दाल राहतस्वरुप वितरण गर्ने तयारी गरेको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए वान सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । कोरोना भाइरसको जोखिम कम गर्न संस्थाले दुर्गम ठाउँका गाउँपालिकाहरु र स्वास्थ्य संस्थाहरुलाई औषधि र औषधिजन्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।