१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् । कार्की गत भदौ २७ गते प्रधानमत्रीमा नियुक्त भएकी थिइन् ।

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने बताएइएको छ ।

जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले आज आफ्नो सम्बोधनमा सरकारका प्राथमिकता र सीमितताका विषयमा जनतालाई जानकारी दिने बताइएको छ ।

उनले दुई पटक गरी ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । बाँकी मन्त्रीको नाम टुंगो लागेको छैन ।