२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्ट आचरणको अन्त्य गर्ने जेन–जीको माग निजी, सामुदायिक र सरकारी क्षेत्रका लागि पनि हो : अर्थमन्त्री खनाल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेन–जीको माग सार्वजनिक निकायका लागि मात्र नभएर निजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि भएको बताएका छन् ।

उनले आफूले यो सन्देश निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरु र व्यवसायीहरुलाई दिएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत् स्वयम् घोषणाका आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली विराटनगर नाकाबाट सुरु गरिएको र व्यवसायीको सहयोग भए सबै भन्सारमा लागू गर्ने जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिक निकायका लागि मात्र होइन, नीजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि हो ।

आज बिराटनगरमा यो सन्देश सशक्त भाषामा निजी क्षेत्रका प्रतिनिधिमूलक निकायहरू र व्यवसायीहरूलाई दिएको छु ।

यस सन्दर्भमा भन्सार प्रशासनको इतिहासमा पहिलो पटक स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली बिराटनगर नाकाबाट प्रारम्भ गरिएको छ ।

यसले व्यापारको लागत घटाउने छ, अवान्च्छित लेनदेन शून्य पार्ने छ, व्यवसायीलाई इमान्दार हुन सहयोग गर्ने छ । विराटनगर नाकामा लागू भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुने छ ।

यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न ‘विद्युतीय रिस्क इन्जिन’ सञ्चालन हुने छ र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिन हुने यसले राजमार्गमा ट्रक रोकेर दुख दिने काम बन्द हुनेछ ।