३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

गाउँमा लकडाउन, के गर्ने के नगर्ने ? : डा. रवीन्द्र पाण्डे

गाउँमा लकडाउन, के गर्ने के नगर्ने ? : डा. रवीन्द्र पाण्डे
अ+ अ-

विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् । ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ । प्रदुषण, खानपिनको अशुद्धता, तनाब तथा कृत्रिम जीवनशैलीको कारण सहरमा बस्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम छ । बाक्लो र साँगुरो बसेको कारण सरुवा रोगको प्रकोप सहरमा बढी हुनु स्वाभाविक हो ।

अहिले सहरलाई हेरेर लकडाउनको मोडालिटी तयार गरिएको छ । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, घरभित्र बस्नेजस्ता निर्देशिका सहरलाई हेरेर बनाइएको हो ।

– गाउँमा घर हुन्छ, एक दुइवटा कोठामा कोचिएर बस्नु पर्दैन । आफ्नो आँगन हुन्छ, खेतबारी हुन्छ । खेती हुन्छ, पशुपंक्षी पालिएका हुन्छन । पानी स्वच्छ हुन्छ, हावा स्वच्छ हुन्छ । घरहरु प्राय गुजुप्प नभएर दुरीमा हुन्छन् । तसर्थ यो कोरोना संक्रमणको समयमा घरभित्र बस्नु जरुरी छैन । आँगन, बारी, खेतमा जान सकिन्छ ।

– कोरोना भाइरस गाईभैंसी, बाख्राबोका तथा कुखुराबाट सर्दैन । तसर्थ पशुपंक्षी लालन पालन गर्न हुन्छ । दुध, दही, मोही, घ्यु, अण्डा, मासु खान हुन्छ ।

– आफ्नो खेत तथा बारीमा सागपात, फलफूल तथा अन्नको खेतीपाती गर्न हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिसंग ६ फिटको दुरी राखेर संगै काम गर्न मिल्छ ।

– आफ्नो घर तथा बारीमा हुँदा मास्क लगाउनु पर्दैन । गाउँमा बग्ने हावा अमृत समान हुन्छ ्र प्रचुर अक्सिजनले भरपुर हुन्छ ।

– हातलाई बिनाकाम नाक, मुख तथा आँखामा लग्नु हुँदैन । आफ्नो सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । साबुनपानीले पटकपटक हात धुनुपर्छ । स्यानिटाइजरको आबश्यक छैन ।

– गाउँमा पानी स्वच्छ हुन्छ । स्वच्छ भएपनि पानी भकभक उमालेर तथा सेलाएर खानु उपयुक्त हुन्छ ।

– कोहि बिरामी भएमा, दुख परेमा, मृत्यु भएमा एकअर्कालाई सहयोग गर्न हुन्छ, ६ फिटको व्यक्तिगत दुरी सहित ।

– कोरोना भाइरस हावामा उडेर आउंदैन, गाउँमा यो रोग मान्छेबाट आउने हो । नेपालमा कोरोना संक्रमण त्यति धेरै छैन । यो रोगले कसैको पनि मृत्यु भएको छैन । तसर्थ गाउँका मान्छेले एकअर्कालाई शंका गर्नुपर्दैन । कोहि व्यक्ति भारत लगायत अन्य देशबाट आएको छ भने गाउँमा थाहा हुन्छ । बाहिरबाट आएको मान्छेलाई अनिबार्य रुपमा ३ हप्ता क्वारेन्टाइनमा राख्नुपर्छ । उसलाई घृणा गर्नुहुँदैन, क्वारेन्टाइनमा रहंदा उसलाई तथा उसको परिवारलाई सहयोग र सान्त्वना दिनुपर्छ । क्वारेन्टाइनबाट भाग्न दिनुहुँदैन, ३ हप्तामा उसलाई रोग पुरै निको भएको हुन्छ । ज्वरो आइरहने, सुख्खा खोकी लागिरहने तथा सास फेर्न गाह्रो भए स्वास्थ्यकर्मीलाई बोलाएर जांच तथा उपचारको ब्यबस्था मिलाउनु पर्छ । निको भएपछि त्यो व्यक्ति हामीजस्तै स्वस्थ हुन्छ, अरुलाई रोग सर्दैन ।

– मौसमी रुघाखोकी पहिले पनि लाग्थ्यो, अहिले पनि लाग्छ । त्यसैले कोरोना संक्रमण हो कि भनेर डर मान्नु हुँदैन । आराम गर्ने, तातोपानी खाइरहने, अदुवा र बेसार र ज्वानो र कागतीपानी पकाएर खाइरहने र लसुन र प्याजको झोल बनाएर पिउने, पोषिलो खाना खाने, ज्वरो आयो र टाउको दुख्यो भने सिटामोल खाने, नुन पानीले कुल्ला गर्ने गर्दा मौसमी रुघाखोकी ठिक हुन्छ । ठिक नभए स्वास्थ्य केन्द्रमा जानुपर्दछ ।

– यस्तो महामारीको बेला धेरै भ्रम र हल्ला चल्छन । त्यस्ता हल्ला पत्याउनु हुँदैन । रेडियो सुन्ने, टेलिभिजन भएको ठाउँमा टेलिभिजन हेर्ने, स्वास्थ्यकर्मीको कुरा सुन्ने बानी बिकास गर्नुपर्छ । हल्ला र भ्रमले चिन्ता, डर र असुरक्षा अनुभूति हुन्छ ।

– गाउँमा पनि किनेर खाने चलन बढेको छ । अब हामी बदलिनु जरुरि छ, महामारीको असरले खानेकुरा नआउन सक्छ । कम आउन सक्छ । तसर्थ आफ्नो खेतबारी बाँझो राख्नु हुँदैन । तरकारी, फलफुल, दुध, अन्न, नगदे बाली आदि लगाएर आफ्नो परिवारलाई पुग्ने खेती सबै जनाले गर्नुपर्छ । धेरै खेतबारी भएका व्यक्तिले उत्पादन गरेर बिक्रि गर्ने । त्यहि उत्पादन बिक्रि गरेर कमाउने लक्ष्य राख्नुपर्छ । जसको खेतबारी छैन, बाँझो रहेको अरुको खेतबारीमा उत्पादन गर्नुपर्छ । हामीले मेहेनत गर्दा व्यायाम हुन्छ, पसिना आउँछ, आफैले फलाएको खान पाइन्छ, ताजा दुध खान पाइन्छ । आफ्नो उत्पादनमा विषादीको डर हुँदैन ।

– कसैले सानोतिनो राहत ल्यायो भने सकभर लिनु हुँदैन । उपाय नभएकालाई दिनुपर्छ, अरुले दिन्छ कि भन्ने आशा गर्नु हुँदैन । भूकम्प आएपछि काठमान्डौ वरपरका गाउँमा खेती गर्न छोडेर मान्छे बाटोमा राहत कुर्न बसे, चाउचाउ, बिस्कुट र एउटा त्रिपालको लागि लाखौँको उत्पादन छोडे । त्यसैले आफ्नो कर्ममाथि विश्वास गर्नुपर्छ ।

– हामीलाई कोरोना संक्रमण भएपनि डर मान्नुपर्दैन । कोरोना संक्रमण भएका १०० जनामध्ये ८५ जनालाई सामान्य लक्षण देखिएर रोग आफै निको हुन्छ । बाँकी १५ प्रतिशत मध्ये आधिलाई उपचार गरे निको हुन्छ । बाँकी ७.८ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्छ । १०० जनामा मृत्यु हुने २-३ जना मात्र हो । यो तथ्य बुझ्नु बुझाउनु जरुरि छ, सहि सूचनाले तनाब हुँदैन ।

– सहरका मान्छेभन्दा गाउका मान्छे बलिया तथा निरोगी हुन्छन् । काम गर्ने, उकालो ओरालो हिंड्ने, स्वच्छ हावापानी हुने, आफ्नै उत्पादन खाने, खानामा मिसावट नहुने तथा सहरमा झैं अनेक रोगको सामना गर्नु नपर्ने भएकोले कोरोना भाइरसले गाउँमा बसेका मान्छेलाई एकदम थोरै असर गर्छ । तसर्थ गाउँ सबैभन्दा सुरक्षित हुन्छ ।

डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।