२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित छुट्याउनै गाह्रो



अ+ अ-

विराटनगर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको पहिचान गर्न समस्या भएको छ । संक्रमित पहिचान गर्न नसक्दा स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर पठाएको छ ।

‘नाम नामेसी प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भयो’ उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले भने, ‘त्यसैले १६ जनालाई एम्बुलेन्समा हालेर पठाउँदैछौं ।’

उनीहरु सबै त्रियुगा नगरपालिका–३ स्थित भुल्लेको एक मस्जिदमा भेटिएका थिए । उनीहरुको र्यापिड टेष्टमा नेगेटिभ आएपनि विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनीहरु मध्ये १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको प्रजिअ पहाडीले बताए । त्यसैले १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

साथै उनीहरुको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ । ‘१० दिन उदयपुरकै अर्को मस्जिदमा र ३० दिनयता अहिले भेटिएको मस्जिदमा बसेको बताएका छन्’ उनले भने ‘हामी ट्राभल हिस्ट्री खोज्दैछौं ।’