२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’: टाटाका गाडीमा विशेष छुट र सुविधा

टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’: टाटाका गाडीमा विशेष छुट र सुविधा
अ अ+ अ-

काठमाडौं ।  नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित  ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ।

कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ।

चाडपर्वको रमाइलो माहोलमा ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउनेछ । त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको छ।

इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइनेछ। यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्। साथै लक्की ड्रमार्फत  भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन्।

त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन्। टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ ।