२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ

नेतृत्व परिवर्तनबारे अध्यक्ष दाहालः महाधिवेशनसम्म सबै हल हुन्छ
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उहाँको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उहाँको दाबी छ ।

गत भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ ।

नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’

केन्द्रिय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको हो । —न्युज एजेन्सी नेपाल