२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले कोरोना भाइरबाट मृत्यु हुनेको आँकडा लुकायो : ट्रम्प



अ+ अ-

काठमाडौं । चिनले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाएको अमेरीकाले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् ।

शुक्रबार राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीनले कोरोना मृतकको आँकडा लुकाइरहेको बताएका छन् । उनले चीनमा कोरोना मृतकको संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी मृत्यु भएको दावी गरेका हुन् ।

यसका साथै, ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन् ।