
कोरोना संक्रमण भएर उपचार गरी पूर्ण रूपमा स्वस्थ भए पछि प्रसिद्धि श्रेष्ठ शनिबार घर फर्किनु अगाडि
काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किएकी छन् । शनिबार दोस्रो कोरोना संक्रमित युवती टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
युवतीले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

कोरोना संक्रमण भएर उपचार गरी पूर्ण रूपमा स्वस्थ भए पछि प्रसिद्धि श्रेष्ठ शनिबार घर फर्किनु अगाडि
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।











