२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत बितरणमा अनियमितता भयो, सर्वदलीय संयन्त्र संयन्त्र आबश्यक : नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाको निबासमा बसेको पदाधिकारी बैठकले राहत बिरतरण प्रक्रियामा सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ ।

विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्नु पर्नै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म पुग्न नसकेको भन्दै कांग्रेसले द्रुत गतिमा राहत पुर्याउन माग गरेको छ ।

राहत बितरणनमा राजनीतिक आस्थामा आधारमा पक्षपातपूर्ण ब्यबहार भएको भन्दै कांग्रेसले राहत वितरणको कार्यलार्ई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न आग्रह गरेको हो । कांग्रेस पदाधिकारी बैठकले सरकारले राहत स्वरुप बैंकको व्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्न पनि माग गरेको छ ।पदाधिकारी बैठकले अफ्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न र बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन पनि दिएको छ ।

यसैगरी विदेशमा रहेका श्रमिक र विद्यार्थीहरुलाई पर्याप्त राहत नपुगेको विवरण सरकार समक्ष पेशगरी ध्यानाकर्षण गराउने र कुटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले

लामो समयदेखि भारतको धारचुलालगायत अन्य सीमा नाकामा रहेका नागरिकलाई प्रवेश नदिएको घटनालाई गम्भिर रुपमा लिएको बताउँदै कांग्रेसले उच्च मानवीय भावनाका साथ देश प्रवेश गर्ने वातावरण बनाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

घुम्ती परीक्षण सुरु गरी कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि कांग्रेसले आग्रह गरेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बीचमा आवश्यक समन्वय गरी कोरोनाबाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ ।स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारवाही प्रक्रिया अगाडि नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस पदाधिकारी भएको छलफल र निर्णय विस्तृतमा हेर्नुहोस्

पैदल गाउँ गइरहेका नागरिक र राहतबारे

(१) राजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई बीच बाटोमा पानी र खानाको ब्यवस्था गरिरहेका पार्टीका साथीहरू एवं स्थानीय तहको निर्वाचित नेतृत्वको सह्राना गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ । सरकारले ब्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहिँपनि कसैलाईपनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न नेपाली कांग्रेसका साथीहरूलाई बैठकले अपील गरेको छ ।

(२) केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र ब्यक्तिसम्म नपुगेको बिषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पुर्‍याउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

(३) सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण ब्यवहार भएको प्राप्त विवरण अध्ययन पश्चात् बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र ब्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको ब्यवस्था गर्न माग गरेको छ ।

(४) साना ठुला सबै ब्यवसायीहरुले ब्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहा देखि ब्याज घटाउने सम्मको निर्णयमा पुग्न सरकार र सम्बन्धित तह समक्ष माग गर्ने निर्णय बैठकले गरेको छ ।

परीक्षण र स्वास्थोपचार बारे

(५) संक्रमितको संख्या बढ्दै गएको एवं लक डाउनको अघिल्लो साता नेपाल फर्केका दुई लाख बढी नागरिकको न्यून संख्या मात्रै क्वारेन्टाइनमा बसेको स्थिति दृष्टिगत गरेर परिक्षणलाई समुदाय स्तरमा पुर्‍याउन अत्यावश्यक बनेको ठहर बैठकले गरेको छ । अतः ‘घुम्ती परिक्षण शिविर’ मार्फत परिक्षणको दायरा र गति बढाउन बैठकले माग गरेको छ ।

(६) नियमित रुपले संचालित अस्पतालमा कोरोना परिक्षण र उपचार गरिंदा त्यसले संक्रमण ब्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिंदै ‘कोरोना उपचार केन्द्र’ को अलग ब्यवस्था गर्न बैठकले सरकार समक्ष माग गरेको छ ।

(७) अन्य रोगका बिरामीले यस बीचमा कयौं जिल्लामा सहज उपचार पाउन नसकेको बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

(८) फ्रन्ट लाइनमा रहेर कार्य गरिरहेका स्वास्थकर्मीहरुलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने ब्यवहार भएको बिषयलाई गम्भीरतापूर्वक लिंदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थकर्मी र सुरक्षाकर्मी बीच कही पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ सामग्रीको अभाव र अनियमितता बारे

(९) स्वास्थकर्मीहरुलाई पर्याप्त गुणस्तरीय पीपिइ अझैपनि पु¥याउन नसकिएको बिषयलाई सरकारको गैह्र जिम्मेवारीको हदका रुपमा लिंदै बैठकले सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकार समक्ष माग गरेको छ ।
(१०) सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग यो बैठकले पुनः दोहो¥याएको छ । साथै कुनैपनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न बैठकले अपील गरेको छ ।

बिदेशमा रहेका नेपालीहरु बारे

(११) कोरोनाको संक्रमणले बिदेशमा जीवन गुमाएका सबै नेपालीप्रति श्रद्धाञ्जली सहित बैठकले सम्बन्धित परिवारजन तथा नेपाली डायस्पोरामा समवेदना प्रकट गरेको छ । बैठकले उपचाररत स्वदेश र बिदेशका सबै नेपालीको सिघ्र स्वास्थलाभ कामना गरेको छ ।

(१२) बिदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, ब्यवसायी एवं अप्ठ्यारोमा परेका सबै नेपालीको सुरक्षा र राहतका लागि उच्च स्तरीय कुटनैतिक पहल बढाउन बैठकले सरकारलाई आग्रह गरेको छ । नेपाली दूतावासहरुलाई नेपालीको हितमा बिशेष सक्रियता बढाउन तथा नेपाली जनसम्पर्क समिति, एनआरएन एवं अन्य सबै संस्थालाई साझा जिम्मेवारी बोधले कार्य गर्न अपिल गरेको छ ।

(१३) अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न बैठकले नेपाल सरकारलाई आग्रह गरेको छ । उद्धार पश्चात् देशभित्र गर्नुपर्ने ब्यवस्थापन बारे पूर्व तयारीमा ढिलाइ नगर्न पनि बैठकले सरकारलाई सजग गराएको छ ।

(१४) महाकाली पारी धार्चुला आइपुगेका नागरिक लगायत अन्य सिमा नाकामा अलपत्र परेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा सरकारप्रति दुःख व्यक्त गर्दै बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परिक्षण पश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरि नेपाल ल्याउन पुनः माग गरेको छ ।

अत्यावश्यक खाद्यान्न उत्पादन र कृषकलाई राहतबारे

(१५) लक डाउन लम्बिनु संगै खाद्यान्नको अभाव बढ्दै जाने स्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारहरु मार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परिक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेविसंघलाई जन्मदिनको शुभकामना

(१६) बैशाख ६ गते नेपाल बिद्यार्थी संघको जन्मदिवसको अवसरमा आजको पदाधिकारी बैठकले नेविसंघको विगत र वर्तमानमा आवद्ध स्वदेश र बिदेशमा रहेका सबैलाई हार्दिक शुभकामना ब्यक्त गरेको छ । कोरोना संकटको आजको घडीमा नेपाली विद्यार्थीहरुले उच्च सतर्कता साथ आफ्नो ब्यक्तिगत एवं समुदाय र राष्ट्रको हितमा बिशेष जिम्मेवारीबोधका साथ कार्य गर्न बैठकले अपील समेत गरेको छ ।