२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिडेर घर जान लागेका नागरिकलाई त्रिभुवन पार्कमा यसरी राखियो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ ।

लक डाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो । लक डाउनका कारण बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई नगरपालिकाले क्याम्प बनाएर राखेको हो ।

विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लक डाउनका कारण उपत्यका हुँदै हिडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ । कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशंखेले बताउनुभयो । थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उहाँले बताउनुभयो ।

त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ । पिकनिक स्पट भएकाले लक डाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उहाँले बताउनुभयो । विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ । नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ । स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ ।

तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक दुरी कायम राख्न विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेता मार्फत भन्ने व्यवस्था गरिएको छ । छुट्टै हात धुने व्यवस्था गरिएको छ । यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ । क्याम्पबाट कोही बाहिर जान नपाओस भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ ।