१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना जितेर फर्किएकी बागलुङकी बृद्धाको अनुभव- पानी धेरै खाएँ, आत्म बलियो बनाएँ’



अ+ अ-

 

काठमाडौँ । बागलुङकी एक बृद्धा पनि ७ दिनको अस्पताल बसाईपछि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर उनी आजँ साँझ घर फर्किएकी हुन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट शनिबार साँझ डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फुल दिएर विदाई गरेका थिए ।

उनको हिजो र आज कोरोनाको रिपार्ट नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भइ शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र वि पोखरेलले बताए । उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवि शर्मा, ज्वाईं गुरु प्रसाद कँडेललगायतले अस्पतालबाट घर लिएर गएका थिए । उनी अस्पतालबाट बाहिर निस्किँदा धेरै मानिसल् उनलाई हात हल्लाएर विदाइ गरेका थिए ।

गत ४ चैतमा बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती बृद्धामा २० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितीका बिच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्याबाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् ।

पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाईनमा बस्न चिकित्सकहरुले सुझाएका छन् । ‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’

उनले सबैलाई धन्यवाद दिईन् । नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् भने सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित हुन् । कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।

यसैबीच उनले अस्पतालबाट निस्किने क्रममा यहाँका केही स्थानीय सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफुले पानी धेरै खाएको र आत्मबल बलियो बनाएका कारण आफूलाई कोरोनाले केही गर्न नसकेको बताएकि थिइन् । उनले भनेकी थिइन् मैले पानी धेरै खाएँ अनि मलाई केही हुन्न भनेर ढुक्क भएर बसेँ त्यही भएर मलाई केही भएन । उनले यसको दबाई केही नभए पनि आफैले आफूलाई केही हुन्न रोगलाइ जित्न सकिन्छ भनेर मन बलियो बनाएपछि केही सबै ठीक हुने अनुभव सुनाइन् ।